-डम्मर बुढा मगर /ईमेज
बागलुङ । निसीखोला गाउँपालिका अर्नाकोटमा खानेपानीको हाहाकार भएको छ । खानेपानीको मुहान नजिक नहुँदा घण्टौ लगाएर गाग्रीमा पानी बोक्नु पर्ने बाध्यतामा छन उनीहरु ।
जनसंख्या वृद्धि भएसँगै पानीको आपूर्ति कम हुँदै जाँदा सिंंगो गाउँनै खानेपानीको अभावमा छ । लामो समय जनश्रमदान गरेर ल्याएको पानीे जनसंख्या वृद्धि हुँदै गएपछि आपूर्ति हुन नसकेको हो ।
खानेपानीको दुखले गर्दा समयमा खान, नुहाउन र सरसफाईमा निकै समस्या भएको स्थानीय हिराबहादुर विक बताउँछन् ।
केही समय पहिले युनिका फाउन्डेसनको सहयोगमा निसीखोला गाउँपालिका वडा नम्बर २ बाँसखोलाबाट ३ सय ३५ मिटर दुरीमा लिफ्टिङ मार्फत खानेपानी आयोजना निर्माण भएको थियो ।
त्यस आयोजनाबाट प्रयाप्त मात्रामा पानी नआउँदा स्थानीयहरु घण्टौको समय लगाएर पानी बोग्न बाध्य भएका छन् । उक्त आयोजनाको पानी निरन्तर आउँदैन ।
आए पनि एक घरकाले एक गाग्रीभन्दा बढी भर्नै पाउँदैनन् । यहाँका करिब १५ सय घरधूरीका जनता खानेपानीको समस्यामा छन् ।
उनीहरुले दैनिक अधिकांश समय पानी बोक्नमै लगाउँछन् । उनीहरुले पानीको समस्याबारे धेरै समय पहिलेदेखि नै माग गरे पनि कसैको सुनुवाई हुन नसकेको बताउँछन् ।
दैनिक उनीहरु २/३ घण्टाको दुरीबाट पानी बाक्न बाध्य छन् । स्थानीयहरु घण्टौँ लगाएर ढोरपाटन नगरपालिका वडा नम्बर ५ को बशुन्धरा, बाँसखोला र बराहथान जान बाध्य छन् ।
टाढाबाट पानी ल्याउन जाँदा छोराछोरीलाई स्कुल पढाउन र घरको अरु काम धन्दा गर्न नभ्याउने स्थानीय यमकुमारी विकले बताइन् ।
यहाँका स्थानीयलाई खानेपानीको प्रबन्ध मिलाउनको लागि हाँचे दह खानेपानी आयोजना केन्द्रमा दर्ता भएको निसीखोला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कुबिर विश्वकर्माले बताए ।
सरकारले हरेक स्थानका जनताको घर–घरमा खानेपानी पुर्याउने भने पनि अझैसम्म पनि यहाँका जनताले खानेपानी बोक्दामै दिन बिताउनु कस्तो बिडम्वना ।









प्रतिक्रिया दिनुहोस्