Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


सांसदहरुबाट सरकारको आलोचना, सरकारको खर्च विवरण माग्न सडकमै ओर्लनुपर्ने अवस्था आउनु दुखद


0
Shares

काठमाडौं । सांसदहरुले कोरोना रोकथाम र भष्ट्राचार नियन्त्रणका लागि उचित काम गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विषेश समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले कोरोना रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताए ।

सरकारले केही काम गर्न नसक्ने र १० अर्बको खर्च देखाउने गर्दा नागरिकहरु आफैं सडकमा उत्रिएको बताए ।

उनले नेपाल एयरलाइन्स चाटर्ड गर्ने नाममा ६/७ गुणा बढी पैसा पीडितबाट असुलेको आरोप समेत लगाए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद मातृका प्रसाद यादवले धनुषा जिल्लामा विभिन्न अपराधिक घटना हुँदै आएपनि राजनीतिक संरक्षणमा अपराधिले उन्मुक्ति पाइरहेको बताए ।

उनले अपराधिक घटनाहरु हुने र राजनीतिक आडमा जोगिने परम्परालाई रोक्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद यादवले २०६६ जेठ ४ गते जनकपुरबाट पैसा ल्याउँदै गर्दा हत्या भएको घटनाको अहिले सम्म छानबिन हुन नसकेको भन्दै छानबिन गर्न माग गरे ।

दुई नम्बर प्रदेशमा कोरोना नियन्त्रणमा ठूलो समस्या रहेको यादवले बताए । उनले कडा भाइरस आएको भन्ने प्रधानमन्त्रीलाई कडा खालको उपचारको व्यवस्था मिलाइदिन माग गरे ।