Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


नेशन्स लिग फुटबलमा फ्रान्स पराजित


1.2k
Shares

काठमाडौं । युएफा नेशन्स लिग फुटबलमा डेनमार्कले फ्रान्सलाई २–० ले पराजित भएकाे छ ।

डेनमार्कको कोपनहेगनमा आइतबार राति भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन क्यास्पर डोलवर्ग र स्कोभ ओल्सेनले १-१ गोल गरेका हुन् । यो जितका बाबजुद डेनमार्क नेशन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गर्न भने सकेका थिएनन्।

उता पराजित टोली फ्रान्सले पनि रेलिगेशनको खतरा टार्न सफल भएकाे छ। यो समूहमा शीर्ष स्थानमा रहेको क्रोएशिया फाइनल चरणमा पुगेकाे छ । आइतबार रातिको खेलमा क्रोएशियाले अष्ट्रियालाई ३–१ ले पराजित गरेकाे हाे ।

नेशन्स लिगकै अर्को खेलमा नेदरल्याण्ड्सले बेल्जियमलाई १–० ले पराजित गर्दा पोल्याण्डले वेल्समाथि १–० कै जित निकालेकाे थियाे ।