Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


गठबन्धनभित्र सिट बाँडफाँटमा तीव्र असन्तुष्टि

टिकट वितरणलाई लिएर आन्तरिक कलह चुलिंदो

2.6k
Shares

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै गएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र सिटबाँडफाँटको विषयलाई लिएर आन्तरिक कलह बढ्न थालेको हो ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ४ मंसिरमा हुँदै छ । समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा राजनीतिक दलले बुझाइसकेका छन् । तर, गठबन्धनभित्र रहेका दलबीच प्रत्यक्षतर्फको सिट बाँडफाँटको टुंगो अझै लाग्न सकेको छैन । गठबन्धनभित्रै सिट बाँडफाँटको टुंगो नलाग्दै प्रमुख चार दलभित्र आन्तरिक झगडा बढ्दै गएको हो । कांग्रेस नेता शेखर कोइराला समूहले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई न्यायोचित सिट बाँडफाँट गर्नुपर्ने र पार्टीभित्र आफ्नो समूहलाई टिकट वितरणमा भेदभाव गरेमा विद्रोह गर्ने चेतावनी दिएको छ ।

कांग्रेसले सय सिट पाउनैपर्ने र पार्टीभित्र सो सिटको बाँडफाँट न्योचित रूपमा हुनुपर्ने अडान कोइराला समूहको छ । शुक्रबार अनौपचारिक बैठक गरेका शेखर समूहका दोस्रो तहका नेताले शनिबार खबरदारी सभा गरेर सिट बाँडफाँट’दयगत पार्टी नेतृत्वलाई चेतावनी मात्रै दिएनन्, न्यायोचित ढंगले टिकट वितरण नभए विद्रोह गर्ने खुला चुनौती पनि देउवालाई दिएका छन् । गत महिना शेखरले विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास बालकोट पुगेरै छलफल गरेका थिए । शेखरले पार्टीभित्र देउवाले आफ्नो समूहलाई पेल्न खोजेको गुनासो मात्र गरेनन् । आगामी निर्वाचनमा पार्टीबाटै विद्रोह हुने र एकले अर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने विषयमा समेत गम्भीर छलफल गरेका थिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।