Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


पर्वतमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु, चार बेपत्ता (फोटोफिचर)


0
Shares

पर्वत । कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारीमा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । चार जना बेपता छन् ।

पहिरोमा पुरिएका मध्ये थप दुई जनाको शव फेला परेको छ । पहिरोले पुरीएका दिपा थापा र कमला विकको शव आज बिहान फेला परेको हो ।

पहिरोमा पुरिएका चार जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । यस अघि गएराती पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीन कुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको थियो ।

बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक छन् । नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीयबासिन्दासहितको टोली खोजि र उद्धारकार्यमा जुटेको छ ।

पहिरोले उनीहरुका घरमा रहेका अन्य चौपाया समेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटर भन्दा माथिवाट पहिरो आएको छ ।