Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री


0
Shares

काठमाडौं, जेठ ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकबाट बाहिरिनेक्रममा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले ‘संविधान संसोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो कुरा हो’–भने ।

‘आगामी प्रक्रिया के हुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले भने–‘संविधान संशोधन एक ढंगले सर्वसम्मतरुपमा पारित भएको छ, केही सांसदहरु अनुपस्थित हुनुभएकोमात्रै हो । यसको विपक्षमा कोही छैन । अब भारतसँग वार्ता हुनेछ ।’ रासस

Skip This