काठमाडौं, जेठ ३१ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको उल्लेख गरेका छन् ।
शनिबार प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले समर्थन गरेको बताए ।
यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात गरिएको आरोप लगाउँदै कांग्रेस र कम्युनिस्टले जवाफ दिनुपर्ने बताए ।
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले महाकाली सन्धि गर्नेलाई ‘राष्ट्रघाती’ भन्दै उनीहरुलाई टुँडिखेलमा झुन्ड्याउनुपर्ने माग गरेका छन् ।
महाकाली सन्धि गर्दा काली नदीको मुहान नटुंग्याइएकाले सीमा अतिक्रमित भएको भन्दै महतोले उक्त ‘सन्धि गर्नेको पहिचान गरी टुँडिखेलमा झुन्ड्याउनुपर्दैन ?’ भन्ने प्रश्न गरे ।
को वास्तविक राष्ट्रघाती हो भन्ने पर्दाफास गर्नुपर्ने पनि उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्