Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


संविधान संशोधनमा पूर्ण समर्थन : देउवा


0
Shares

काठमाडौं, जेठ ३१ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भएको भन्दै यसलाई प्रतिपक्ष दलले पूर्णरुपले संविधान संशोधनमा समर्थन गरेको बताएका छन् ।

उनले पार्टीको केन्द्रीय कार्यसमितिबाटै सर्वसम्मतरुपले नेपाली भूमि फिर्ता ल्याउनका लागि निर्णय गरेको बताए ।

शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन प्रस्तावको दफावार छलफलकाक्रममा बोल्दै उनले भारतसँग कूटनीतिक पहल गरी नेपाली भूमि फिर्ता ल्याउनका लागि विशेष भूमिका खेल्नेपनि बताए ।

देउवाले कोरोनालगायतका गम्भीर विषय उठाउनुपर्ने भएपनि अहिले संसद बैठकमा भने नउठाउने बताए ।