१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


वीरगन्जमा मृत भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि, शव व्यवस्थापनको तयारी हुँदै


0
Shares

वीरगन्ज । वीरगञ्जको घण्टाघर क्षेत्रमा बुधबार मृत भेटिएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार सांझ मृतक युवकको पीसीआर रिपोर्ट पोजिटिभ आएको नारायणी अस्थायी अस्पताल गन्डकीका संयोजक डा.उदयनारायण सिंहले जानकारी दिए । 

अन्दाजी २५ वर्षीय मृतक युवकको शव अहिले नारायणी अस्पतालमै राखिएको शव व्यवस्थापनको तयारी भैरहेको डा सिंहले बताए ।

मृत युवकको ठेगाना खुल्न सकेको छैन । यता पर्सामा आज थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।