Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


सडकमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संवेदनशील हुन आग्रह


0
Shares

काठमाडौं, जेठ ३० । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) पुनर्गठन गरेपछि शुक्रबार पहिलो बैठक बसेको छ ।

बैठकले विभिन्न माग राख्दै सडकमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अहिलेको जोखिमपूर्ण अवस्थामा संवेदनशील हुन सबैलाई आग्रह गरेको छ ।

यस्तै, कोरोना नियन्त्रणको लागि योजनालाई थप प्रभावकारी बनाउने र ‘पीसीआर’ परीक्षणको दायरा बढाउनेलगायतका निर्णयहरु गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।