
काठमाडौं । रोटरी क्लब अफ् न्युरोड सिटीले वातावरणमैत्री झोला प्रयोग गर्न जनचेतनामुलक अभियान सुरु गरेको छ ।
शनिबार बिहान काठमाडौंको वसन्तपुरमा एक कार्यक्रमको आयोजना गरेर रोटरी क्लबले प्लास्टिकको झोलाको विकल्पमा वातावरणमैत्री झोला प्रयोग गर्न आग्रह गरेको हो ।
सो क्रममा उपभोक्तालाई कपडाको झोला पनि वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्