दार्चुलामा जीप दुर्घटना : एकको मृत्यु, दुई घाइते « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


दार्चुलामा जीप दुर्घटना : एकको मृत्यु, दुई घाइते


117
Shares

काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा बिहीबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपमा सवार अपिहिमाल गाउँपालिका–६ का १८ वर्षीय दिनेश सिंह धामी रहेका छन् ।

सेल्बिघाटबाट मकरीगार्डतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको यात्रुबाहक जिप ब्रेक फेल भएर सडकबाट अन्दाजी १ सय ५० मिटर तल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइते भएका जिप धनी र चालकलाई उपचारका लागि लाटीनाथ स्वास्थ्य चौकी लगिएको छ ।

जिपमा सवार अन्य २ जना यात्रु भने शकुसल रहेको इलाका प्रहरी कार्यालय लाटीनाथ दार्चुलाले जनाएको छ ।