Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


दसैंमा रेमिट्यान्सको भर


91
Shares

काठमाडौं । दसैं तथा तिहार पर्व नजिकिँदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ ।

अन्य समयको तुलनामा चाडपर्वमा रेमिट्यान्स आयमा वृद्धि हुने भएकाले नेपालका आधा जनसंख्याको आर्थिक क्रियाकलाप चलायमान हुने गरेको छ । विशेषगरी दसैं र तिहारमा रेमिट्यान्सले देशको भन्दा पनि व्यक्तिको आर्थिक हैसियत चलायमान बनाउने गरेको छ।

नेपालको सन्दर्भमा कुरा गर्दा आयातलाई आवश्यक विदेशी मुद्राको हिसाबले होस् वा आयात गरीएका वस्तु तथा सेवा खरिद गरेर होस् अर्थतन्त्रलाई रेमिट्यान्सले धानेको छ ।

खबौंमा भित्रिने रेमिट्यान्सलाई आजसम्म पनि उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने भन्दा पनि व्यक्तिगत रुपमा अनावश्यक क्षेत्रमा खर्च हुने गरेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।