पर्व नजिकिएसँगै स्वदेशतिर लर्काे « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Thu Sep 29 2022


पर्व नजिकिएसँगै स्वदेशतिर लर्काे


78
Shares

काठमाडौं । रोजगारी क्रममा बाहिरिएका नेपाली दसैं–तिहार–छठ पर्व नजिकिएसँगै फर्किन थालेका छन् ।

छिमेकी मुलुक भारत गएका अधिकांश नेपाली चाडपर्वका समय स्वदेश फर्कने गरेका छन् । खेतीपाती सकेर अन्नबाली नभित्रिन्जेल भारतमै श्रम गर्ने र चाडबाड नजिकिएसँगै उनीहरू घर आउने गरेको क्रम बढेको छ ।

भारतका विभिन्न सहर पसेका नेपाली चाडपर्व नजिकिएसँगै कैलाली त्रिनगर भन्सार नाकाबाट दैनिक भित्रिरहेको सीमास्थित सशस्त्र प्रहरी पोस्ट भन्सारले जनाएको छ ।

सशस्त्र प्रहरी पोष्टका अनुसार भारतका मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, गोवा, दिल्लीलगायत सहरबाट हालसम्म १ हजार १ सय ५३ जना भित्रिएका छन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा स्वदेश फर्किनेको संख्या ह्वात्तै बढ्न थालेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।