Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


विदेशमा अलपत्र परेका पाँच सय नेपाली स्वदेश फिर्ता, स्वदेश फर्कन ५० हजार भन्दा बढीको निवेदन


0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ ।

हिजो मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार कुवेतको घर फिर्ती शिविरमा थप दुई हजार ९९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ ।

गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दूतावासको समन्वयमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको थियो ।

अहिलेसम्म म्यानमारबाट २६, खाडी मुलुक दुबईबाट १६८, अष्ट्रेलियाबाट ११, जापानबाट सात र कुवेतबाट २९९ गरी पछिल्लो समय ५११ जनालाई उद्धार गरिसकिएको संघले जनाएको छ ।

विभिन्न मुलुकबाट कूल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चार्टर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ ।

कोरोनाको प्रभावका कारणले मलेशिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली पहिलो चरणमा उद्धारको पर्खाइमा छन् ।