अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन सकेन : अध्यक्ष पौडेल « Imagekhabar – Online News Portal of Nepal
२१ आश्विन २०७९, शुक्रबार | Fri Oct 7 2022


अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन सकेन : अध्यक्ष पौडेल


65
Shares

काठमाडौं । राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताउनुभएको छ ।

नीति फाउण्डेशनले ललितपुरमा आयोजना गरेको ‘संविधानवाद र लोकतन्त्रमा संवैधानिक निकायको भुमिका’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले अन्तर सरकार वित्त व्यवस्थापन ऐन संविधानसँग बाझिएको बताउनुभएको हो ।

उहाँले ऐन संविधानसँग बाझिएकाले लागू हुन नसकेको बताउनुभयो । उहाँले ऐनमा प्राकृतिक स्रोतको रोयल्टी कानून बमोजिम बाड्नु भनिएको भएपनि कानून बनाएर खर्च गर्ने अधिकार नभएकाले कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

उहाँले प्रदेश तथा जिल्ला सीमांकनमा समस्या रहेको पनि बताउनुभयो ।