मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु नियुक्त

'निर्वाचन अधिकृतहरुलाई दुई दिन अभिमुखीकरण तालिम दिइने'

52
Shares

काठमाडौं । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा अधिकृतहरु तोकेको हो ।

जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।

नियुक्त गरिएका अधिकृतहरूलाई यही असोज १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण दिइने भएको छ ।

आयोगले नियुक्तिमा परेका अधिकृतहरुलाई अभिमुखीकरण कार्यक्रममा अनिवार्य उपस्थित हुन भनेको छ । अभिमुखीकरण कार्यक्रमपछि उनीहरुलाई नियुक्ति पत्र प्रदान गरिने पनि आयोगले जारी गरेको सूचनामा जनाइएको छ ।

प्रत्यक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयम दर्ताको कार्यसूची रहेको छ ।