
काठमाडौं । यसअघि आफैंले गरेको अनुमानलाई घटाएर एसियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्ष २०७९/०८० मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । यसअघि एडीबीले अप्रिलमा नेपालले ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने प्रक्षेपण गरेको थियो ।
गत आर्थिक वर्षमा ५.८ प्रतिशत रहेको आर्थिक वृद्धिदरमा चालू आर्थिक वर्षमा केही संकुचन आउने अनुमान गर्दै एडीबीले सरकारले हाल लिएका नीतिका कारण अर्थतन्त्रमा संकुचन आउने विश्लेषण गरेको हो ।
हाल विदेशी मुद्रा सञ्चितीमा दबाब परेको भन्दै सरकारले आयातमा प्रतिबन्ध लगाएको छ । तर, एडीबीका अनुसार आयातमा अंकुश लगाउँदा अर्थतन्त्रको विस्तारमा नकारात्मक असर पुग्नेछ ।
सरकारले चालू आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । तर, एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै अर्थतन्त्रमा संकुचन आउने प्रक्षेपण गरेको हो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्