Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज


2.8k
Shares

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

संसदका दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपतिकहाँ पुगेको विधेयक प्रमाणिकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेकाे रिट खारेज गरेको हाे ।

उक्त रिट न्यायाधीश अनिल सिन्हाको एकल इजलासले खारेज गरेको सर्वोच्चको वेवसाइटमा उल्लेख छ।

राष्ट्रपति भण्डारीले साउन २९ मा सन्देशसहित प्रतिनिधिसभामा फर्काइएको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभाले हुबहु पास गरेको थियो ।

गत भदौ २० गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो । संविधानको व्यवस्थाअनुसार यो विधेयक मंगलबार रातिसम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो । तर राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणिकरण अस्वीकार गर्नु भएकाे थियाे ।