Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


खोला बढेपछि परीक्षा स्थगित


143
Shares

हेटौंडा । विद्यार्थीले खोला तर्न नसकेपछि पूर्वी मकवानपुरको बकैया गाउँपालिकास्थित कालभैरव प्राथमिक विद्यालय धेत्रेदमारमा अध्ययनरत विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । अविरल पानी पर्दा खोलामा बाढी आएकाले थियो ।

ज्यान जोखिममा राखी सिमातखोला तरेर विद्यालय जानुपर्ने बाध्यता रहेको छ । ‘भदौ ३१ गतेदेखि परेको ठूलो पानीले बाढी आउँदा विद्यार्थी खोला तर्न सकेनन्,’ कालभैरव प्राविका प्रधानाध्यापक चेतबहादुर घले भन्नुहुन्छ, ‘त्यसैले परीक्षा स्थगित गर्नुपर्यो ।’

अघिल्लो दिनको त्रैमासिक परीक्षामा सहभागी हुने विद्यार्थीहरू आउन नसकेपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिबैंसिं घिसिङ, प्रअ घले, कार्यालय सहयोगी लगायतले विद्यार्थीलाई खोला तारेर विद्यालय ल्याएका थिए ।

भोलिपल्ट पनि यस्तै अवस्था आएपछि परीक्षा नै रोक्नु परेको प्रअ घलेले बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।