Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


फोन गर्न घाम पर्खनुपर्ने !


0
Shares

बागलुङ । ढोरपाटन नगरपालिका–९ का स्थानीयलाई फोन गर्नका लागि घाम पर्खनुपर्ने बाध्यता रहेको छ ।

नेपाल टेलिकमले ढोरपाटनबासीलाई लक्षित गरी थ्रीजी क्षमताको टेलिकम टावर स्थापना गरे पनि पर्याप्त विद्युत्को अभावमा टावर सञ्चालनमा समस्या आएको छ ।

केन्द्रीय प्रसारण लाइन नपुगेको विकट क्षेत्र ढोरपाटनमा सोलारको माध्यमबाट टावर चलाउँदा घाम लागेपछि मात्रै टावर सञ्चालनमा आउने र घाम जानासाथ नेटवर्क जाने गरेको ढोरपाटन नवी गाउँका स्थानीय बताउँछन् ।

टावर सञ्चालनका लागि क्षमता अनुसारको सोलार प्यानल जडान गरेपनि घाम नलाग्ने र चिसो ठाउँ भएकाले समस्या भएको नेपाल टेलिकम बागलुङका कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए ।

दुई वर्षअघि त्यहाँका जनतालाई लक्षित गरी टावर राखेपनि विद्युत् आर्पूति नहुँदा समस्या भएको उनको भनाइ छ ।