Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


सिन्धुपाल्चोकको मांखामा चार थान सकेट बम भेटियो


13
Shares

काठमाडौं । सिन्धुपाल्चोकको बलेफि गाउँपालिका-६ मांखामा द्धन्द्धकालका राखिएको बम भेटिएको छ ।

स्वास्थ्य चौकी भवन निर्माणका लागि जग खन्ने क्रममा चार थान सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले (डीएसपी)ले जानकारी दिए ।

स्थानीय कृष्ण प्रसाद चौलागाईले स्वास्थ्य चौकी भवन निर्माणका लागि दिएको जग्गामा जग खन्ने क्रममा माटो मुनि पुरिराखेको खिया लागेका सकेट बम फेला परेको हो ।

बम कसले कुन मितिमा राखेको भन्ने खुल्न नसकेपनि द्धन्द्धकालमा राखेको हुनसक्ने आशंका गरिएको छ ।

उक्त स्थानमा सुनकोशी हाइड्रोपावर क्याम लामोसाँघुबाट सहायक सेनानीको कमाण्डमा पाँच जनाको टोली खटि गएको डीएसपी काफ्लेले बताए ।

उक्त स्थान सुरक्षित राखिएको र बम डिस्पोजका लागि श्री गोरक बक्स गण चौतारा ब्यारेकबाट टोली खटाइएको उनले जानकारी दिए ।

प्रहरीले शंकास्पद वस्तु फेला परेमा नछोइ नचलाइ सुरक्षा निकायमा खबर गर्न पनि अनुरोध गरेको छ ।