
नोम्पेन्ह, असार ३ । कम्बोडियाली राजकुमार नोरोडन रानारिध आइतबार बिहान सडक दुर्घटनामा परी घाइते भएका छन् ।
कम्बोडियाको दक्षिणपश्चिमी पेराह सिंहानुक प्रान्तको एक सडकमा राजकुमार दम्पत्ती सवार मोटरलाई विपरीत दिशाबाट आएको ट्याक्सीले ठक्कर दिएको बताइएको छ ।
एएफपी र रोयटर्स समाचार एजेन्सीले राजकुमार पत्नीको दुर्घटनामा निधन भएको जनाएका छन् । राजकुमार भने घाइते भएको जनाइएको छ ।
आइतबार बिहान स्थानीय समयअनुसार ९ बजे उनीहरुको सवारी साधनलाई ट्याक्सीले धक्का दिएको थियो । ट्याक्सीमा सवार यात्रीहरु समेत दुर्घटनामा घाइते भएका छन् ।
राजकुमारको देब्रे हातमा चोट लागेको छ ।
सुरक्षा अधिकारीहरुले उनीहरुको सवारीसाधनलाई ठक्कर दिने ट्याक्सीलाई नियन्त्रणमा लिएर कारबाही थालिएको पनि प्रहरी अधिकारीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्