 
	    एजेन्सी । जापानमा शक्तिशाली समुद्री आँधीका कारण थप बाढी र पहिरो आउन सक्ने भन्दै सचेत रहन उद्धारकर्ताहरूले आग्रह गरेका छन् ।
टाइफून नान्मादोल नाम दिइएको समुद्री आँधी जापानको दक्षिणी टापु क्युशुमा आइतबार आएपछि तीव्र गतिमा अघि बढिरहेको छ । उक्त समुद्री आँधीका कारण अहिलेसम्म कम्तीमा २ जनाको मृत्यु भएको छ भने ९० जनाजति घाइते भएका छन् ।
टाइफून नान्मादोलको प्रकोपबाट जोगिन ९० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । अहिले साढे तीन लाख घरमा विद्युत् आपूर्ति बन्द भएको छ । आगामी २४ घण्टामा ४०० मिलिमिटर पानी पर्ने पूर्वानुमान गरिएको बीबीसीले उल्लेख गरेको छ । सरकारी प्रसारक एनएचकेका अनुसार बाढीमा एउटा कार डुबेपछि एक जनाको र पहिरोमा पुरिएर अर्का व्यक्तिको मृत्यु भएको हो । अर्का एक व्यक्ति बेपत्ता छन् ।
झन्डै ९० जना घाइते भएको विवरणहरूमा उल्लेख गरिएको छ । शक्तिशाली समुद्री आँधीका कारण २३४ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चलेको छ । हावाहुरीका कारण घरहरूमा क्षति पुगेको छ र यातायात अवरुद्ध भएको छ । यो समुद्री आँधीलाई चौथो वा पाँचौ वर्गको हरिकन जत्तिकै शक्तिशाली मानिएको छ ।
शक्तिशाली समुद्री आँधीका कारण क्युशुमा रेल सेवा पनि अवरुद्ध भएको छ । क्युशुको कुनितोमीमा घर डुबानमा परेका छन् । क्युशुको कुनितोमीमा घरहरू डुबानमा परेका छन् । राजधानी टोक्योमा पनि ठूलो वर्षा भएको छ । बाढीका कारण टोजाई अन्डरग्राउन्ड लाइन बन्द भएको छ ।
बुलेट रेल सेवा, फेरी र सयौँ उडानहरू रद्द भएका छन् । पसल र व्यवसायहरू पनि खुल्न सकेका छैनन् । टोक्योमा खिचिएको भिडिओमा भवनहरूका छाना उडेको र बिलबोर्डहरू भत्किएको देख्न सकिन्छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्