१७ मंसिर २०८०, आइतबार | Sun Dec 3 2023


इजरायलमा रेमिट्यान्स सेवाको पहुँच न्यून


65
Shares

काठमाडौं । सरकारले रेमिट्यान्स सेवाका लागि सहजीकरण गर्न नसक्दा इजरायल गएका ८० प्रतिशत श्रमिकले पहिलो महिना नै करोडौं रुपैयाँ हुन्डीमार्फत नेपाल पठाएका छन् ।

रेमिट्यान्सको काम गर्ने वित्तीय संस्था अभावका कारण दुई सरकारबीच सम्झौता गरेर पठाएका १ हजार नेपालीले पहिलो महिना नै हुन्डीमार्फत पैसा पठाउनु परेको हो । एक कम्पनीमा काम गर्ने १५ जना मध्ये १४ जनाले आफ्नो पहिलो महिनाको तलब नै हुन्डीमार्फत पठाएका छन् ।

रेमिट्यान्स पठाउने बैंकको अभावका कारण बाध्य भएर हुन्डीमार्फत पैसा पठाएको श्रमिकले बताएका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।