ईमेज अवार्ड : १५ विधाका उत्कृष्ट स्रष्टा सम्मानित, लाइफ टाइम अचिभमेन्ट अवार्ड मह जोडीलाई « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


ईमेज अवार्ड : १५ विधाका उत्कृष्ट स्रष्टा सम्मानित, लाइफ टाइम अचिभमेन्ट अवार्ड मह जोडीलाई


2.197k
Shares

काठमाडौं । नेपाली सांगीतिक उद्योगको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको २२ औँ ईमेज अवार्ड भब्यतासाथ सम्पन्न भएको छ ।

सोमबार काठमाडौंको सोल्टी होटलमा आयोजना गरिएको टुबोर्ग ईमेज अर्वाडमा नेपाली गीत, संगीत क्षेत्रमा उत्कृष्ट १५ विधामा अवार्ड प्रदान गरिएको हो ।

अर्वाडमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडिलाइ लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आर के मानन्धरले दर्शक, श्रोता, विज्ञापन दाता लगायतका व्यक्तित्वको साथ र सहयोगका कारण ईमेज अवार्डले २२ औँ संस्करण सम्म गर्न सकेको बताउनुभयो ।

कोरोना संक्रमण कारण दुई वर्ष हुन नसकेका ईमेज अवार्डमा २०७६ असार १ गते देखि २०७९ जेठ मसान्त भित्र सार्वजनिक भएका गीत, संगित, रचना, र म्युजिक भिडियो समावेश गरिएको थियो । अवार्ड कार्यक्रममा चर्चित कलाकारहरुले मनोनयनमा परेका गीत, संगीत र नृत्य प्रस्तुत गरेका थिए ।

अघिल्ला संस्करणमा १८ बिधा समावेश हुँदै आएको अवार्डमा संस्करणदेखि १५ विधा समावेश गरिएको हो । त्यस्तै यो पटक सर्वोत्कृष्ट नेपहप÷र्‍याप प्रस्तुती विधा पनि समावेश गरिएको हो । अर्वार्ड कार्यक्रमको ईमेज च्यानल, ईमेज एफएम ९७.९, ईमेज न्यूज एफएम १०३.६ र ईमेज खवर डटकमको युटुव च्यानलबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

ईमेज च्यानलले नेपाली सांगितिक क्षेत्रको उत्थान, संगीतमा समर्पित संगितकर्मीको सम्मान, प्रोत्साहन एवं श्रीवृद्धिका लागि हरेक वर्ष इमेज अवार्ड गर्दै आएको छ ।