कालिकोट, जेठ २८ । कालिकोटमा यात्री बोकेको टिपर बुधबार कर्णाली नदीमा खस्दा दुईजनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । तीनजना बेपत्ता छन् ।
२२ जनाले भने नदीमा हामफालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कालिकोटको राजकोट नगरपालिका–२ बस्ने शर्मिला सार्की र थम्की सार्की छन् ।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
नरहरिनाथ गाउँपालिका–१, लालिबजारबाट रास्कोट जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर नदीमा खसेर दुर्घटनामा परेको हो ।
भारतबाट आएका रास्कोट नगरपालिकाका स्थानीयलाई रास्कोटतर्फ लैजाँदै गरेको टिपर कर्णाली नदीमा खसेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजेश बस्नेतले जानकारी दिए ।
नेपाली सेना, प्रहरीले बेपत्ताको खोजी जारी राखेका छन् ।
स्थानीयकाअनुसार गाडीचालक र ‘क्वारेन्टिन’मा बस्नका लागि लैजाँदै गरेकाहरुबीच झगडासमेत भएको थियो ।









प्रतिक्रिया दिनुहोस्