अर्घाखाँची, जेठ २८ । अर्घाखाँचीमा ‘क्वारेन्टिन’मा रहेका एक पुरुषको उपचारकाक्रममा मृत्यु भएको छ ।
मालारानी गाउँपालिका ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका ५७ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी फर्कंदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीकी प्रमुख पुष्पा थापाले जानकारी दिइन् ।
श्वासप्रश्वासको समस्या भएपछि उनलाई उपचारको लागि बुधबार जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।
उपचारपछि फर्कंदै गर्दा गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रेखोलामा उनको मृत्यु भएको स्थानीय गोकुल रिजालले जानकारी दिए ।
गत बुधबार उनको स्वाब संकलन गरिएपनि परीक्षणको रिपोर्ट भने आइसकेको छैन । उनी १२ दिनअघि भारतबाट आएका थिए ।









प्रतिक्रिया दिनुहोस्