Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


इन्टरपोलमार्फत सन्दीप लामिछानेलाई पक्राउ गर्ने प्रहरीको तयारी


14k
Shares

काठमाडौं । बलात्कारको आरोप लागेका सन्दीप लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी ल्याउने तयारी गरेको छ ।

नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेलाई इन्टरपोलमार्फत खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछाने नेपाल नफर्किएपछि पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको प्रहरी स्रोतको भनाइ छ।

उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको ११ दिन भइसक्यो। अदालतले भदौ २३ गते उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। उनी कहाँ छन् भन्नेबारे अझै प्रहरीले जानकारी पाउन सकेको छैन् ।