सिन्धुली । सिन्धुलीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सिन्धुली घ्याङलेख गाउँपालिका वडा नम्वर –१ अमलेका बलराम बम्जन र सिन्धुली हरीहरपुरगढि गाउँपालिका– ३ बनौलीका सन्तराम राई रहेका छन् ।
बम्जनको सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर–१ अमलेमा जिप दुर्घटना हुँदा मृत्यु भएको हो ।
सन्तरामको भने मदन भण्डारी राजमार्गमा उनी चढेको मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा मृत्यु भएको हो ।









प्रतिक्रिया दिनुहोस्