गठबन्धनका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ : नेता सिंह « Imagekhabar – Online News Portal of Nepal
९ आश्विन २०७९, आईतवार | Sun Sep 25 2022


गठबन्धनका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ : नेता सिंह


156
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनका सबै दलहरुलाई चित्त बुझाउने गरी सिट बाँडफाँट गरिने दाबी गर्नुभएको छ ।

नेपाली कांग्रेसका संस्थापक तथा २०४६ सालको आन्दोलनका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको २५ औं स्मृति दिवसको अवसरमा आज काठमाडौंको शोभाभगवतीमा आयोजित कार्यक्रममा नेता सिंहले चुनावसम्म सवैलाई मिलाएर लैजाने बताउनुभयो ।

सिट बाँडफाँट चुनौतीपूर्ण रहेको स्वीकार्दै उहाँले सजिलो नभए पनि सबैलाई चित्त बुझाएर लैजाने र उचित समयमा निर्णयमा पुग्ने दाबी गर्नुभयो ।

संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाई थियो ।

कार्यक्रममा नेता सिंहलगायतका कांग्रेस नेता कार्यकर्ताले स्वर्गीय सिंहको प्रतिमामा माल्यार्पर्ण गरेका थिए ।