जाँदाजाँदै घोचपेचमै « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


जाँदाजाँदै घोचपेचमै


117
Shares

काठमाडौं । शीर्ष नेताको सम्बोधन सकिएसँगै प्रतिनिधि सभा संसद् अधिवेशन अन्त्य भएको छ । शनिबार बसेको अन्तिम बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसद अधिवेशन अन्त्य घोषणा गरेका हुन् ।

‘माननीय सदस्यहरू प्रतिनिधिसभाको चालु अधिवेशन आज राति १२ बजेबाट स्वत: अन्त्य हुनेगरी यो बैठक स्थगित हुन्छ,’ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउँदै उनले थपे, ‘मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै चालू अधिवेशन असोज १ गते शनिबार राति १२ बजेदेखि अन्त्य गरेको छु ।’

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति कार्यालयसमक्ष पठाउने निर्णय गरेको थियो ।

प्रतिनिधि सभाको कार्यकाल अन्तिम दिन शनिबारको बैठकमा दलका शीर्ष नेताले ‘हार्दिकता’ साटासाट गर्ने धेरैको अपेक्षा थियो । छुट्टिनुअघि ‘धन्यबाद’ आदानप्रदान र पाँच वर्षे कामको समीक्षा गर्नुको साटो उनीहरू ‘घोचपेच’ र ‘तीतो टिप्पणी’ मा उत्रिए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।