२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सामुदायिकमा विषयगत शिक्षक नहुँदा सिकाइ कमजोर


65
Shares

काठमाडौं । सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि कमजोर हुुनुको मुख्य कारण विषयगत शिक्षकको अभाव रहेको एक सरकारी अध्ययनले देखाएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) र माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) को नतिजा बर्सेनि खस्कँदै गएर विद्यार्थीको सिकाइ उपलब्धिसमेत कमजोर बन्दै गएपछि सरकारले सामुदायिक माविको कार्यसम्पादन परीक्षण गरेको हो ।

शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ६ वर्ष लगाएर गरेको अध्ययनले सामुदायिक माविमा मुख्यतः मानवीय पक्षमै कमजोरी रहेको औंल्याएको छ । अर्थात् शिक्षकको योग्यता, उनीहरूलाई दिइएको तालिमका साथै उनीहरूको कार्यसम्पदान मूल्यांकन आदिलाई मानवीय पक्षका रूपमा अध्ययन गरिएको थियो ।

विद्यालय कार्य सम्पादन परीक्षण प्रतिवेदन, २०७८ ले सातै प्रदेशमा रहेका माविको अवस्था सामान्य मात्र रहेको देखाएको छ । प्रतिवेदनमा ६० जिल्लाका ४ हजार ८ सय ६७ माविमा अध्ययन गर्दा ८२ प्रतिशतभन्दा बढी विद्यालय सामान्य अवस्थामा रहेको देखिएको छ । अर्थात् ३ हजार ९९० विद्यालय सामान्य अवस्थामा मात्र छन् । यीमध्ये पनि ४० देखि ५९.९९ प्रतिशत अंक प्राप्त गर्ने १ हजार ७ सय १३ (३५.१९ प्रतिशत) छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।