चाडबाडमा चिनी हाहाकार « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


चाडबाडमा चिनी हाहाकार


117
Shares

काठमाडौं । चाडपर्वको अगाडि बजारमा चिनीको हाहाकार भएको छ ।

दसैं तिहार तथा छठ पर्व घरदैलोमा आइपुग्दा पनि सरकारले चिनीको व्यवस्था गर्न नसकेको भन्दै उपभोक्ता अधिकारकर्मीहरू प्रधानमन्त्री गुहार्न थालेका छन् ।

चाडबाडमा खासगरी दैनिक उपभोग्य वस्तुका सामग्रीको बढि उपभोग हुने बेलामा सरकारले आवश्यक साम्रागीहरूको आपूर्ति व्यवस्थापन विगतमा दिनहरूमा जस्तै यस वर्ष गर्ने जमर्को गरेको भए पनि उपभोक्ताले चिनी नपाउने भएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

‘सरकारले दसैं, तिहार तथा छठ लक्षित सुपथ मूल्यका पसल सञ्चालनन गरी बजार मूल्य हस्तक्षेप गरी आम उपभोक्तालाई राहत प्रदान गर्दैगर्दाको अवस्थामा मन्त्रालयहरूबीचमा समन्वय नहुँदा उपभोक्ताले चिनी भने नपाउने भएका छन्’, उनले भने ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।