
काठमाडौं । वर्षाका कारण सडक बिग्रिँदा यस वर्षको दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज रुपमा गन्तव्यमा पुर्याउ चुनौती रहेको यातायात व्यवसायीहरूले बताएका छन् । यस वर्षको दसैंमा यात्रुको संख्या पनि बढ्ने अनुमान व्यवसायीहरूको छ ।
‘विगतको वर्षमा भन्दा यो वर्ष दसैंको लागि बाहिरिनेको संख्यामा वुद्धि हुनेछ’, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका अध्यक्ष विजयबहादुर स्वाँरले भने, ‘कोभिड १९ पछिको सामानय समयको दसैं र दशैंपछि निर्वाचनसमेत हुने भएकाले गर्दा उपत्यकाबाट बाहिरिनेको संख्या बढ्ने देखिएको छ ।’
विगतका दसैंमा काठमाडौंबाट २२ लाखको यात्रु हाराहारीमा बाहिरिने गरेकोमा यो वर्ष भने करिब २५ लाखले उपत्यका छाड्ने अनुमान छ ।
यसरी उपत्यकाबाट बाहिरिने यात्रुको सहजीकरणका लागि मागअनुसार सवारीसाधन थप गरेर गन्तव्यमा पुर्याउने योजना रहेको व्यवसायीहरूले बताएका छन् । तर, गन्तव्यसम्म पुर्याउनको लागि भने बिग्रिएको सडक चुनौती रहेको अध्यक्ष स्वाँरले बताए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्