Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


जनताको अधिकार र पहिचानमा भएका उपलब्धिको समीक्षा गर्नुपर्छ : नेता महतो


143
Shares

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले उपलब्धिको समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सम्बोधन गर्दै उनले जनताको अधिकार र पहिचानमा भएका उपलब्धिको समीक्षा गर्नुपर्ने बेला आएको बताउनुभएको हो ।

पाँच वर्षमा प्रतिनिधिसभाबाट नेपाली जनताले के–के प्राप्त गरे भन्ने स्पष्ट गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रतिनिधिसभाले गरेका काम जनताले महसुुस गर्ने खालको भएको छ कि छैन भन्ने स्पष्ट हुनुपर्दछ ।” देशमा परिवर्तनका लागि धेरै काम भए पनि जनअपेक्षाअनुरसार मुलुकको विकास हुन नसकेको भनाई राख्दै उनले सबै नेपालीका लागि मुलुक हो भन्ने गरी काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सबै जातजाति, भाषाभाषीका लागि मुलुक हो भनी उचित प्रतिनिधित्व र काम गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले आफ्नै देशका नागरिकलाई नागरिकता दिन राज्यले कन्जुस्याइँ गरेको भन्दै गुनासो समेत गर्नुभयो ।