१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


सिन्धुलीमा बाघको आतंक


78
Shares

सिन्धुली । जंगली हातीको आतंकले पीडित बनेको सिन्धुली जिल्लाका ग्रामिण क्षेत्रमा फेरि जंगली नरभक्षी बाघको आतंक फैलिएको छ ।

गोलन्जोर, फिक्कल र सुनकोशी क्षेत्रमा धेरै संख्यामा रहेका वयस्क बाघहरु जंगल आसपासको गाउँमा पसेर घरपालुवा चौपाया मारेर आंतकित बनाएको छ ।

पाटेबाघले धमाधम घरपालुवा पशुपंक्षी खान थाले पछि स्थानीयहरु त्रसित बनेका छन् ।

पाटेबाघले गोलन्जोर गाउँपालिकाको २ र ३ नम्बर वडाका जंगल आसपासका क्षेत्रमा गाईगोरु, खसी, बाख्रा र कुकुर मारेको गोलन्जोर २ नम्बर वडाका वडाध्यक्ष दौलत कार्कीले जानकारी दिनुभयो ।

पाटेबाघ दिउँसै बस्तीकै आसपास क्षेत्रमा घुम्ने गरेकोले स्थानीयलाई सचेत र सुरक्षित रहन आग्रह समेत गरिएको छ ।

नरभक्षी बाघको आक्रमणबाट मानविय क्षति हुन नदिन स्थानीयलाई वनजंगलमा घाँस दाउरा तथा वस्तुभाउ चराउन लैजादा सचेत रहन समेत आग्रह गरिएको छ ।