बर्दिया । आफन्तले ज्यान गुमाएपछी उचित क्षतिपुर्ति नपाएको भन्दै आक्रोशित भिडले बर्दियाको राजापुर ६ टपरामा रहेको न्यू वर्षा सप्लायर्समा आगजनी गरेको छ ।
दुर्घटनामा ज्यान गुमाएका आफन्तहरुले आफुहरुको मागको उचित सम्बोधन नभएको भन्दै आगजनी गरेका हुन् ।
आगलागीबाट ८६ लाख ६० हजार ५ सय बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी मिन बहादुर घलेले जानकारी दिए ।
गत वैशाख ३० गते भे १ च ३४३१ नम्बरको डेलीभरी भ्यान र से ५ च ४३३२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक राजापुर नगरपालिका वडा नम्बर ६ महादेउलीका ३८ वर्षका सोमनाथ थारुको ज्यान गएको थियो ।
भ्यान चालक हिमाल गौतमलाई अहिले जिल्ला अदालतले १ लाख २० हजार धरौटीमा तारेखमा छोडेको छ ।









प्रतिक्रिया दिनुहोस्