Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


एकीकृत समाजवादी सुदूरपश्चिम प्रमुख सचेतक दुर्गा बिक माओवादीमा प्रवेश


702
Shares

कैलाली । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिमकी नेतृ तथा प्रमुख सचेतक दुर्गा बिक नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । शुक्रबार माओवादीमा प्रवेश गर्नुभएको हो ।

उहाँसहित थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष एवं एकीकृत समाजवादीका काठमाडौं, कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष विनय चौधरी, बिक्रम राना, विनोद चौधरी, सुमन तामाङ, सन्तोष बोगटी, लोकेन्द्र धामी, अर्बिन रावत लगायतले पनि माओवादीमा प्रवेश गरेका छन् ।

उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्वागत गर्नुभएको हो । बिक एमाले विभाजनपछि समाजवादीमा लाग्नुभएको थियो ।