
काठमाडौं । पेप्सीले नेपाली उपभोक्तामाझ मोर फिँज युक्त नयाँ पेप्सी ल्याएको छ ।
नयाँ पेप्सीमा बढी फिँज आउने र यसले यस अघिको भन्दा थप स्फूर्तिदायी स्वाद प्रदान गर्ने कम्पनीको दावी छ । यसको स्फूर्तिदायी नयाँ फर्मुलेसनका कारण उपभोक्तामाझ यो पेय चाँडै नै अपरिहार्य हुनेमा कम्पनीको विश्वास छ ।
नयाँ मोर फिँज पेप्सीको शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रममा पेप्सीका सद्भावना दूत नायक प्रदीप खड्काले बजार प्रवेश गराउनुभयो । नेपालमा आउँदा दिनमा गरिने मोर फिँज मोर स्वाग अभियानले पनि सम्पूर्ण नयाँ पेप्सीका लागि अझ स्फूर्तिदायी बनाउने विश्वास गरिएको छ ।
पेप्सी नेपालका एशोसिएट डिरेक्टर अनुज गोयलले पेप्सी सधै नै स्वाग पुस्ताको रोजाईमा पर्दै आएको दावी गर्दै यो थप स्वादिलो भएकाले झनै लोकप्रिय हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्