७ असार २०८१, शुक्रबार | Fri Jun 21 2024


ओली नेतृत्वको सरकार आफ्नै विवादका कारण ढलेको नेतृ कोईरालाको दावी


182
Shares

काठमाडौं । नेपाली काँग्रसकी सांसद सुजाता कोईरालाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकार आफ्नै विवादका कारण ढलेको बताउनु भयो ।

उहाँले संसदको पाँच वर्षको अवधिमा धेरै उतारचढाव आएको बताउनु भयो । उहाँले संसदमा नयाँ कुराहरु सिक्ने अवसर पनि पाएको बताउनु भयो । त्यस्तै, नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले प्रतिनिधि सभामा पाँच वर्षको अवधिमा भएका कमी, कमजोरीलाई अर्को संसदले सच्याउनुपर्ने बताउनु भयो ।

उहाँले पाँच वर्षको अवधिमा संसदबाट बनेका विधेयक बनाउने विषयमा केही कमी, कमजोरी भएको बताउनु भयो । उहाँले धेरै राजनीतिक दलहरुको संसदमा प्रतिनिधित्व हुने भएकाले संसदमा छलफलमा वादविवाद हुनु स्वाभाविक भएको बताउनु भयो ।