भ्रष्टाचार र बेरोजगारीका कारण मुलुक संकटमा : अध्यक्ष लिङदेन « Imagekhabar – Online News Portal of Nepal
१० आश्विन २०७९, सोमबार | Mon Sep 26 2022


भ्रष्टाचार र बेरोजगारीका कारण मुलुक संकटमा : अध्यक्ष लिङदेन


234
Shares

इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बढ्दो भ्रष्टाचार र बेरोजगारीका कारण मुलुक संकटमा फसेकोे वताएउनुभएको छ ।

बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै लिङदेनले देशको अवस्था जीवनकालकै असामान्य भएको बताउनुभएको हो । मुलुक चरम भ्रष्टचार, महंगी, बेरोजगारी, वैदेशिक हस्तक्षेपका कारण समस्यामा परेको उहाले भन्नुभयो । आगामी निर्वाचनमा सधै सत्तामा रहने दलहरुको विकल्प खोज्न मतदातालाई लिङदेनको आग्रह गर्नुभयो ।

अधिकांश युवा शक्ति वैदेशिक रोजगारमा रहेको र देशमा जेष्ठ नागरिक र भएका युवाहरु पनि दलका पछाडि लागेकाले समस्या अझ थपिदै गएको उहाको तर्क थियो । अध्यक्ष लिङदेनले विदेशी शक्तिहरु कुन दललाई विजयी गराउ भन्ने योजनामा पनि लागेको आरोप लगाउनुभयो ।