
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हीराचन्द्र के.सी.ले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
स्वास्थ्य राज्यमन्त्री के.सी.ले डेंगु जोखिमबाट बच्न सतर्कता अपनाउन अपिल गर्दै बुधबार अनुरोधपत्र जारी गर्नुभएको छ ।
अनुरोधपत्रमा उहाँले रोगको पहिचान र उपचारमा कमी हुन नदिन स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको उल्लेख गर्नुभएको छ ।
स्वास्थ्य राज्यमन्त्री के.सी.ले डेंगु संक्रमण देखिएका जिल्लाहरूमा जनप्रतिनिधिसँग छलफल गरेर पालिकाको स्वास्थ्य हेर्ने सबै व्यक्ति र स्वयंसेविका परिचालन गर्ने कार्य भइरहेको बताउनुभएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्