२४ मंसिर २०८०, आइतबार | Sun Dec 10 2023


प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारप्रसारमा खुकुलो बनाइँदै


117
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री र सरकारका मन्त्रीलाई निर्वाचनको प्रचारप्रसारमा सहजता हुनेगरी निर्वाचन आचार संहिता २०७९ मा लचक हुने संकेत गरेको छ ।

आयोगले १३ भदौमा सार्वजनिक गरेको निर्वाचन आचार संहिता २०७९ मा सरकारका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा आफ्नो क्षेत्रबाहेक अन्यत्र जान रोक लगाएको थियो ।

तर, राजनीतिक दलहरूको तीव्र विरोध र असन्तुष्टिपछि आयोग सो निर्णमा लचक देखिएको हो । आयोगले बुधबार १२ राजनीतिक दललाई बोलाएर आगामी ४ मंसिरमा हुने निर्वाचनबारे छलफल गरेपछि आयोगले पूर्वनिर्णयमा केही लचक हुने संकेत दललाई दिएको हो ।

‘दलहरूले निर्वाचन आचार संहितासहितका विषयमा आआफ्नो धारणा राखेका छन्, आचार संहिताका विषयमा अलि खुकुलो व्यवस्था गरिदिनुपर्यो भन्ने गुनासो दलहरूबाट आयो, त्यसमा आयोग सकारात्मक छ भनेका छौं,’ आयोग स्रोतले भन्यो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।