पर्यटन व्यवसाय दर्ता गर्न विभागको आग्रह « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Fri Oct 7 2022


पर्यटन व्यवसाय दर्ता गर्न विभागको आग्रह


130
Shares

काठमाडौं । पर्यटन विभागले दर्ता नभई सञ्चालनमा रहेका पर्यटनसँग सम्बन्धित व्यवसाय दर्ता गराउन आग्रह गरेको छ ।

विभागले बुधबार ध्यानाकर्षणपत्र जारी गर्दै व्यवसाय सञ्चालनका लागि दर्ता गर्न आह्वान गरेको हो ।

पर्यटनसँग सम्बन्धित विभिन्न व्यवसाय दर्ताबिना सञ्चालनमा रहेको पाइएकाले ध्यानाकर्षण गराइएको विभागका निर्देशक सूर्यप्रसाद उपध्यायले बताए ।

उनले भने, ‘हाल कतिको संख्यामा पर्यटन व्यवसाय गरिरहेका छन् वा गर्नको लागि निर्माणका क्रममा रहेका छन् भनेर विभागमा दर्ता गराएका छैनन् । त्यो पहिचान गर्न बाँकी छ । सञ्चालनमा रहेका पर्यटन व्यवसायलाई दर्ताको लागि आह्वान गरिएको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।