
काठमाडौं । काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति ६२.९० प्रतिशत पुगेको छ । सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पुरा हुने बताइएको छ ।
आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, ‘काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ४३ सुरुङ खन्ने काम पूरा भएको छ ।’
विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख रामहरि पोखरेलले भने, ‘आयोजनाको कुल ६२.९० प्रतिशत काम पूरा भएको छ । आगामी ७ महिनाभित्र सुरुङ छेड्ने काम पूरा हुनेछ ।’ उनका अनुसार निकासी सुरुङमार्गको २५ सय ५७ मिटरमध्ये १ हजार ७ सय १५ मिटर सुरुङ खन्ने काम सुरु भएको छ ।
वर्किङ अडिट १ सय २७ मिटर पूरा भएको छ भने क्रस प्यासेज १ सय २७ मिटरमध्ये ७४.२० मिटर पूरा भएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्