काठमाडौं । कोभिडको बहाना देखाएर एकतर्फी रुपमा सीमा नाका बन्द गरेको चीनले ‘ट्रान्जिट’ मा रोकिएका मालवाहक कन्टेनरलाई यता आउन दिने भएको छ ।
नेपाल भ्रमणमा रहेका चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्शुलाई राजनीतिक नेतृत्वले नाका खोल्न अनुरोध गरेपछि ‘झारा टार्न’ भए पनि चीनले केही दिनका लागि नाका खुलाउन लागेको हो ।
चीनले गत महिनादेखि तातोपानी र रसुवागढी नाका बन्द गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार भएको भेटमा लीले बिहीबारदेखि नै सीमा खोल्ने बताएका छन् ।
नाका बन्द गर्दा अन्तर्राष्ट्रिय रूपमा गलत सन्देश गएकाले चीनले नेपाल आउन मालसामान बोकेर हिँडेका तर चिनियाँ भूमिमै रोकिएका कन्टेनर छाड्न नाका खोल्न लागेको हो ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्