Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


प्रदेश २ मा होटललाई क्वारेन्टाइन बनाउने


0
Shares

काठमाडौं, जेठ २५ । प्रदेश २ मा होटल तथा पर्यटन व्यवसायी महासंघले प्रदेशमा रहेका सबै होटललाई क्वारेन्टाइन बनाउन दिने भएको छ ।

अरब मुलुकहरुमा प्रदेशका धेरै कामदार रहेकाले उनीहरुलाई स्वदेश फर्केपछि सहज बनाउन होटेल महासंघले यस्तो निणर्य गरेको हो ।

संघ, प्रदेश र स्थानीय सरकारलाई आवश्यकता परे सुरक्षा मापडण्ड अपनाई होटलहरुलाई क्वारेन्टाइन बनाउने निणर्य महासंघ गरेको हो ।

नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै करोडौको लगानीमा खुलेका होटल, रिर्सोटहरुको संरचनाले गति लिन नपाउदै कोरोना भाइरस संक्रमण फैलिएपछि होटलहरु थला परेका छन् ।

महासंघका महासचिव मोहन शर्मा लामिछानेले तिनै तहका सरकार जो कोहीले पनि प्रदेशमा रहेका होटलहरुको माग भएमा सशुल्क दिन तयार भएको बताए ।

महासंघले बैंक तथा वित्तिय संस्थाहरुको किस्ता, व्याज, कर, घरभाडा छुट तथा विभिन्न शुल्कहरु व्यवस्थापन गर्न सरकारसंग माग समेत गरेको छ ।