कास्की, जेठ २५ । गण्डकी प्रदेश सभाको आइतबारको बैठकले गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान स्थापना र सञ्चालन गर्न बनेको विधेयक पारित गरेको छ ।
सभामा सामाजिक विकास मन्त्री नरदेवी पुनले विधायन समितिको प्रतिवेदन सहित विधेयक पारित गरियोस् भन्दै गरेको प्रस्ताव बहुमतले पारित गरेको हो ।
यस अघि विधेयक माथिको दफावार छलफलमा सदस्यहरूले प्राविधिक शिक्षा बर्तमानको अपरिहार्य आवश्यकता भएको बताउँदै प्रदेशको समृद्धि र विकासको लक्ष्य प्राप्तीका लागि यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
छलफलमा उठेका प्रश्नको जवाफ दिदै सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशको साझा उद्देश्य गरिबी न्युनीकरण गर्दै, आर्थिक समृद्धि हासिल गर्ने भएको बताउँदै त्यही लक्ष्यमा आधारित भै विधेयक ल्याइएको बताए ।
उनले प्रदेशका ८६ हजार घर परिवार गरिबीको रेखामुनी रहेको उल्लेख गर्दै करिब नौ प्रतिशत पूर्ण रुपमा बेरोजगार रहेको जानकारी गराए ।





प्रतिक्रिया दिनुहोस्