रौतहट, जेठ २५ । रौतहटको राजपुर फरहदवा हत्या काण्डका अर्का एक प्रतिबादी पक्राउ परेका छन ।
वि.स. २०६४ सालको संबिधान सभा निर्बाचनको अघिल्लो दिन बम बनाउने क्रममा विष्फोट हुँदा घाइते भएकाहरुलाई जिउँदै ईटा भट्टामा जलाएर मारेको काण्डमा संलग्न रहेको आरोपमा बारा सिम्रौनगढ नगरपालिका–४ निबासी ६५ बर्षीय मुक्ति साहलाई पक्राउ गरिएको हो ।
१३ बर्षदेखि फरार रहँदै आएका उनलाई प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको टोलीले भारतको सीमावर्ती इलाकाबाट शनिबार राति पक्राउ गरेको जनाइएको छ ।
प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक धिरजप्रताप सिहले फरार रहेकाहरुको खोजी गर्ने क्रममा राजपुर बमकाण्डका प्रतिबादी मुक्ति साहलाई पक्राउ गरिएको बताए ।
साहलाई जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला अदालत गौरमा हाजिर गराउन लैजाँदा पिसिआर परीक्षण गर्न भनिएको छ ।
उनी अहिले जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा रहेका छन । २०६४ साल चैत २७ गते बम बनाउँने क्रममा घाइते भएकाहरुलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गर्ने काण्डमा संलग्न रहेको आरोप साहमाथि लगाइएको छ ।
सोही प्रकरणमा कांग्रेस सांसद मोहम्मद अफताव आलम पक्राउ परेर पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् ।
घटनामा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण राजपुतको जाहेरीमा साहलाई पनि अभियुक्त किटान गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस्